दफा ३४
खेलकुदमा सहभागी गराउने
: (१) नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिलाई अन्य व्यक्ति सरह आवश्यकता अनुसार विशेष व्यवस्था गरी खेलकुद सम्बन्धी क्रियाकलापमा सहभागी गराउनका लागि आवश्यक व्यवस्था गर्नेछ ।
(२) खेलकुदको विकास तथा प्रतियोगिता आयोजना गर्ने संस्था वा निकायले अपाङ्गता भएका व्यक्तिलाई खेलकुद सम्बन्धी प्रतियोगितामा संलग्न गराई खेलकुदको विकास तथा प्रबद्र्धन गर्नु पर्नेछ ।
(३) उपदफा (१) र (२) को प्रयोजनको लागि खेलकुदको विकास गर्न अधिकार पाएका संस्था वा निकायले अपाङ्गता भएका व्यक्तिलाई खेलकुदमा सहभागी गराउन देहायका कार्यक्रम सञ्चालन गर्न सक्नेछन्ः–
(क) अपाङ्गता भएका व्यक्तिको पहुँच र समावेशी सहभागिता रहने गरी खेलकुदका पाठ्यक्रम तथा कार्यक्रमको पुनरावलोकन गर्ने,
(ख) अपाङ्गता भएका व्यक्तिको पहुँच र सुविधा हुने गरी खेलकुद मैदान तथा भौतिक पूर्वाधारको पुन डिजाइन गर्ने,
(ग) अपाङ्गता भएका व्यक्तिको खेलकुदप्रतिको प्रतिभा तथा क्षमतालाई उजागार गर्न आवश्यक प्रविधिको विकास तथा प्रयोग गर्ने,
(घ) अपाङ्गता भएका व्यक्तिलाई समावेश गरी खेलकुद प्रतियोगिता आयोजना गर्ने,
(ङ) खेलकुदसँग सम्बन्धित अन्तर्राष्ट्रिय, राष्ट्रिय, प्रदेश तथा स्थानीयस्तरका संयन्त्रमा अपाङ्गता भएका व्यक्तिलाई प्रभावकारी रूपमा प्रतिनिधित्व गराउने,
(च) विद्यालयस्तरमा सञ्चालन गरिने खेलकुद तथा अतिरिक्त क्रियाकलापमा अन्य बालबालिका सरह अपाङ्गता भएका बालबालिकालाई सहभागी गराउने तथा उनीहरुलाई अपाङ्गताको प्रकृतिका आधारमा विकास गरिएको खेलकुदमा सहभागी गराउन उपयुक्त प्रशिक्षण, तालिम,
प्रतियोगिता र सोका लागि स्रोतको व्यवस्था गर्ने,
(छ) तोकिए बमोजिमका अन्य काम गर्ने, गराउने ।